Kathmandu Press

बार्सिलोनालाई पराजित गर्दै रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा

काठमाडौं, चैत्र २९ : स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनालाई पराजित गर्दै रियल मड्रिड लिगको शीर्ष स्थानमा उक्लिएको छ।शनिबार राति भएको खेलमा रियल मड्रिडले...
बार्सिलोनालाई पराजित गर्दै रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा

काठमाडौं, चैत्र २९ : स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनालाई पराजित गर्दै रियल मड्रिड लिगको शीर्ष स्थानमा उक्लिएको छ।

शनिबार राति भएको खेलमा रियल मड्रिडले बार्सिलोनालाई २–१ गोलअन्तरले पराजित गरेको हो। लिगको तेस्रो स्थानमा रहेको घरेलु टिम रियल मड्रिड बार्सिलोनालाई पराजित गरेसँगै तेस्रो स्थानमा उक्लिएको हो। रियलका करिम बेन्जिमा र टोनी क्रुसले समान १–१ गोल गरे।

यता, बार्सिलोनाका ओस्कार मिनगुएजले एक गोल फर्काए। रियल खेलको ९० औं मिनेटमा १० खेलाडीमा सीमित बनेको थियो। कासिमिरोले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए। रियल ३० खेलबाट ६६ अंक बनाउँदै शीर्ष स्थानमा उक्लिएको हो।

एक खेल कम खेलेको एथ्लेटिको मड्रिडको पनि ६६ अंक नै भएपनि लिगको दोस्रो स्थानमा छ। पराजित बार्सिलोना भने लिगको तेस्रो स्थानमा छ। बार्सिलोनाको ३० खेलबाट ६५ अंक छ।

प्रकाशित मिति: ०७:३६ बजे, आइतबार, चैत २९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्