भारतमा एकैदिनमा १ लाख ५२ हजार वढी संक्रमित
काठमाडौं, चैत्र २९ : भारतमा कोरोना संक्रमितको संख्यामा दिनहुँजसो नयाँ रेकर्ड कायम हुन थालेको छ ।पछिल्लो २४ घण्टामा थप १ लाख ५२ हजार...
काठमाडौं, चैत्र २९ : भारतमा कोरोना संक्रमितको संख्यामा दिनहुँजसो नयाँ रेकर्ड कायम हुन थालेको छ ।
पछिल्लो २४ घण्टामा थप १ लाख ५२ हजार ६८२ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या भारतमा अहिलेसम्मकै धेरै हो ।
यसअघि गत (शनिबार) चैत्र २८ मा भारतमा दोस्रो धेरै १ लाख ४४ हजार ८२९ जनामा संक्रमण पुष्टि भएको छ । यो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ३३ लाख ५५ हजार ४६५ पुगेको छ । हालसम्म भारतमा १ करोड २० लाख ७८ हजार ३३३ जना संक्रमणमुक्त भएका छन् ।
अब भारतमा सक्रिय संक्रमितको संख्या ११ लाख ७ हजार ८२७ छ । यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६९ हजार ३०५ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ८३८ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: ०७:१२ बजे, आइतबार, चैत २९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











