Kathmandu Press

सभापतिबाहेक कुनै पनि पदमा उम्मेदवारी दिन्नँ : डा.कोइराला

पोखरा, चैत २८ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी महाधिवेशनमा सभापतिबाहेक अन्य पदमा उम्मेदवारी नदिने बताएका छन्।शनिबार पोखरामा आयोजित विचार गोष्ठीलाई...
सभापतिबाहेक कुनै पनि पदमा उम्मेदवारी दिन्नँ : डा.कोइराला

पोखरा, चैत २८ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी महाधिवेशनमा सभापतिबाहेक अन्य पदमा उम्मेदवारी नदिने बताएका छन्।

शनिबार पोखरामा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले आगामी महाधिवेशनमा सभापतिमा मात्रै उम्मेदवारी दिने उनको भनाइ थियो। डा. कोइरालाले भने, ‘म १४औं महाधिवेशनमा सभापतिबाहेक कुनै पनि पदमा उम्मेदवारी दिन्नँ।’

गिरिजाप्रसाद कोइराला फाउन्डेसन, कास्कीले आयोजना गरेको कार्यक्रममा बोल्दै आफू सभापति भएमा कार्यकर्ताले अन्यया र दुःख पाउनु नपर्ने उनको जिकिर थियो। डा.कोइरालाले भने, ‘म कसैमाथि अन्याय हुन दिन्नँ। कुनै पनि कार्यकर्ताको क्षमता, योग्यता र योगदानको आधारमा पार्टीमा स्थान दिन्छु।’

उनले कांग्रेसको नेतृत्वमा चुनावी सरकार बनाउनुपर्ने बताए। अहिले संसद अनिर्णयको बन्दी भएको उनको भनाइ थियो।

 

प्रकाशित मिति: २०:३६ बजे, शनिबार, चैत २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्