Kathmandu Press

पत्रकार महासंघमा विपुल पोखरेलको प्यानल निर्वाचित (सूचीसहित)

नेपाल पत्रकार महासंघको अध्यक्षमा प्रेस युनियनका विपुल पोखरेलसहित उनको प्यानल निर्वाचित भएको छ।
पत्रकार महासंघमा विपुल पोखरेलको प्यानल निर्वाचित (सूचीसहित)

काठमाडौं, चैत २८ : नेपाल पत्रकार महासंघको अध्यक्षमा प्रेस युनियनका विपुल पोखरेलसहित उनको प्यानल निर्वाचित भएको छ।

अध्यक्ष पोखरेलले एमाले (ओली समूह) निकट प्रेस चौतारीकी उम्मेदवार निर्मला शर्मालाई दुई हजार २७ मतान्तरले पराजित गरे। पोखरेलले पाँच हजार नौ ४२ र शर्माले तीन हजार नौ सय १५ मत पाए।

पत्रकारितामा करिब तीन दशकको अनुभव रहेका पोखरेलले दाङबाट पत्रकारिता थालेका हुन्। महासंघको निवर्तमान कार्यसमितिमा उनी उपाध्यक्ष थिए।

२५ चैतमा भएको निर्वाचनको परिणाम शनिबार अपराह्न सार्वजिनक भएको हो। नयाँ कार्यसमितिमा प्रेस चौतारीबाट एक, एक जनता समाजवादी पार्टी निकट र स्वतन्त्र एक गरी तीनजना सदस्य मात्र अर्को प्यानलबाट निर्वाचित भएका छन्।

वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, उपाध्यक्ष महिलामा बाला अधिकारी, उपाध्यक्ष समावेशीमा उदय जीएम, महासचिवमा रोशन पुरी निर्वाचित भए।

यस्तै, सचिव खुलामा गोविन्दप्रसाद चौलागाईं, सचिव महिलामा सृजना अर्याल, आदिवासी सचिव नारायणसुन्दर किलम्बू, सचिव मधेशीमा दीपेन्द्र चौहान, दलितमा हेमकर्ण विक, सचिव एसोसिएटमा पवन आचार्य र कोषाध्यक्षमा कलेन्द्र सेजुवाल विजयी भए।

तीन सदस्यीय लेखा समितिमा लेखनाथ न्यौपाने, मुकुन्दप्रसाद भण्डारी र देवी सापकोटा निर्वाचित भए।

यस्तो छ सूची

प्रकाशित मिति: १८:४७ बजे, शनिबार, चैत २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्