Kathmandu Press

भक्तपुरमा बिस्काको रौनक (फोटोफिचर)

बिस्केट अर्थात ‘सर्प मारियो’ भन्ने अर्थमा नेवार समुदायमा मनाइने यो जात्रामा तान्त्रिक विधिअनुरूप निर्माण गरिएको भैरव र भद्रकालीको रथ तौमढीबाट भक्तपुरको माथिल्लो क्षेत्र क्वाछें, साकोथा, सुकुलढोका, गोलमढी पुर्याई फर्काउने प्रचलन छ।
भक्तपुरमा बिस्काको रौनक (फोटोफिचर)

भक्तपुर, चैत २८ : भक्तपुरको प्रसिद्ध एवं ऐतिहासिक जात्रा बिस्का (बिस्केट) आज (शनिबार) सुरु भएको छ। यो जात्रा लिच्छवीकालदेखि नै मनाउन थालिएको संस्कृतिविद्हरू बताउँछन्।

आठ रात र नौ दिन मनाइने यो जात्राको आज पहिलो दिन भैरवनाथ र भद्रकालीको रथयात्रा गरिएको छ। रथलाई तल्लो क्षेत्रमा गःहिटी पुर्याएपछि पहिलो दिनको रथयात्रा विसर्जन गर्ने चलन छ।

आजबाट सुरु भएको जात्रा आउने वैशाख ५ गते समापन हुनेछ। यो जात्रा अवधिभर विभिन्न देवदेवीका जात्राहरू पनि जोडिने भएकाले यसलाई ‘जात्राभित्रको जात्रा’ भन्ने गरेको संस्कृतिविद्हरूको भनाइ छ।

Hardik ivf

बिस्केट अर्थात ‘सर्प मारियो’ भन्ने अर्थमा नेवार समुदायमा मनाइने यो जात्रामा तान्त्रिक विधिअनुरूप निर्माण गरिएको भैरव र भद्रकालीको रथ तौमढीबाट भक्तपुरको माथिल्लो क्षेत्र क्वाछें, साकोथा, सुकुलढोका, गोलमढी पुर्याई फर्काउने प्रचलन छ।

यसै जात्राका सन्दर्भमा चैत मसान्तका दिन इन्द्रध्वजासहितको लिंगो उठाउने र वैशाख १ गते साँझ त्यसलाई ढाल्ने गरिन्छ। वैशाख १ गते भक्तपुरको भेलुखेलमा भव्य मेला पनि लाग्छ।
पछिल्लो केही वर्षदेखि जात्रामा रथ तान्दा झगडा पर्न थालेपछि यसलाई हटाउन भक्तपुर जिल्ला प्रशासन र प्रहरीले सुरक्षामा कडाइ गर्दै आएको छ।

कोरोना महामारीका कारण गत वर्ष रोकिएको यो जात्रा यसपालि पनि रोकिने अवस्थामा पुगिसकेको थियो। अलिकति मत्थर हुन थालेको कोरोना संक्रमण फेरि बढ्न थालेपछि भक्तपुर प्रशासनले यसपालि बिस्का मनाउन नदिने सूचना जारी गरे पनि त्यो सम्भव भएन। जात्रा रोक्ने निर्णयको विरोधमा स्थानीयले प्रदर्शन गरेपछि सर्वोच्च अदालतले जात्रा नरोक्नू भन्ने आदेश दिएको थियो।

 

प्रकाशित मिति: १८:१३ बजे, शनिबार, चैत २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्