Kathmandu Press

पुराना विभूषण भएकाले पूरानै नक्सा : गृह मन्त्रालय

शुक्रबार वितरण भएका विभूषण पुरानो मितिका भएकाले पुरानै नक्सा उल्लेख गरिएको गृह मन्त्रालयले जनाएको छ।
पुराना विभूषण भएकाले पूरानै नक्सा : गृह मन्त्रालय

काठमाडौं, चैत २८ : शुक्रबार वितरण भएका विभूषण पुरानो मितिका भएकाले पुरानै नक्सा उल्लेख गरिएको गृह मन्त्रालयले जनाएको छ।

ती विभूषण ३ असोज ०७६ मा घोषणा भई १ वैशाख ०७७ मा वितरण गर्नुपर्ने थियो। तर, कोभिड-१९ महामारीका कारण शुक्रबार मात्र वितरण गरिएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।

३ असोज ०७७ मा घोषणा भई १ वैशाख ०७८ मा वितरण गरिने विभूषणहरूमा भने कालापानी-लिम्पियाधुरा क्षेत्र समेटिएको नयाँ नक्सा अंकित गरिने मन्त्रालयको भनाइ छ।

‘नेपालको वर्तमान राजनीतिक तथा प्रशासनिक नक्सा लागू भएपछि घोषणा भएका विभूषणमा सोहीबमोजिमको नयाँ नक्सा अंकित भएको र यसको सुशोभन १ वैशाख ०७८ मा गरिनेछ,’ मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ।
 

प्रकाशित मिति: १८:०९ बजे, शनिबार, चैत २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्