Kathmandu Press

संकटाले पहिलो पटक जित्यो आहा रारा गोल्डकप

संकटाले पहिलो पटक जित्यो आहा रारा गोल्डकप

पोखरा, चैत २८ : १९औं संस्करणको आहा रारा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि संकटा क्लबले जितेको छ। संकटा अहा रारा गोल्डकपको नयाँ च्याम्पियन हो।

पोखरा रंगाशालामा शनिबार भएको फाइनलमा अफ्रिकन रुट्सलाई टाइब्रेकरमा ४–२ले पराजित गर्दै संकटा च्याम्पियन बनेको हो। निर्धारित समय र थप गरिएको ३० मिनेटको समय १–१ गोलको बराबरीमा सकिएपछि खेलेको निर्णय टाइब्रेकरबाट गरिएको हो।

टाइब्रेकरमा संकटका अमित तामाङ, सुवास गुरुङ, निरज बस्नेत, आयुष घलानले गोल गरे  भने सरोज दाहालको प्रहार अफ्रिकन रुट्सका गोलकिपर डा सेल्भियोले बचाएका थिए।
अफ्रिकन रुट्सका यानिक र रिमले गोल गरे भने कुइटेको प्रहार बाहिरिँदा एमबाकोपको प्रहार संकटाका गोलकिपर राजाबाबु थापाले बचाएका थिए।

यसअघि १०औं मिनेटमै अफ्रिकन रुट्सले संकटाविरुद्ध अग्रता लियो। उसका मौसाको बासेकले गोल गरेका थिए । पहिलो हाफ १–०मै सकियो । ५१औं मिनेटमा ग्लोरीले गोल गर्दै संकटालाई १–१ गोलको बराबरीमा ल्याए । गोलकिपर राजाबाबुको लामो पासमा उनले गोल गरेका हुन्।

खेलमा संकटालाई उपाधि दिलउने क्रममा गोलककिपर राजाबाबु श्रेष्ठले उत्कृष्ट प्रदर्शन गरे । उनी खेलको म्यान अफ दी म्यच पनि बने।

उपाधिसँगै संकटाले १० लाख १ हजार रुपैयाँ प्राप्त गर्‍याे भने उपविजेता बनेको अफ्रिकन रुट्सले ५ लाख १ हजार रुपैयाँमा चित्त बुझायो ।

 

प्रकाशित मिति: १७:५९ बजे, शनिबार, चैत २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्