पर्सामा पनि एमालेको समानान्तर कमिटी

वीरगन्ज, चैत २८ : एमाले वरिष्ठ नेता माधव नेपाल समूहले समानान्तर कमिटी निर्माणलाई तीव्रता दिएको छ। यसैक्रममा सो समूहले बालगोपाल थापाको अध्यक्षतामा १ सय ७५ सदस्यीय पर्सा जिल्ला कमिटी गठन गरेको छ।
जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलाको शनिबार वीरगञ्जमा आयोजित भेलाले नेता नेपालको उपस्थितिमा सो कमिटी गठन गरेको हो। पछिल्लो समय एमालेमा बढेको विवादले भित्रभित्रै गम्भीर रूप लिँदै गएको छ।
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीले पार्टीमा एकाधिकार जमाएर निषेधको राजनीतिलाई अँगालेको भन्दै नेपाल समूहमा व्यापक असन्तुष्टि पैदा भएको छ। जसको फलस्वरूप जिललाजिल्लामा समानान्तर कमिटी निर्माण हुँदै आएको छ।
प्रकाशित मिति: १७:४३ बजे, शनिबार, चैत २८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











