Kathmandu Press

३३६ इन्स्पेक्टरको सरुवा

काठमाडौं, चैत २८ : नेपाल प्रहरीका ३ सय ३६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरिएको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार साँझ सो...
३३६ इन्स्पेक्टरको सरुवा

काठमाडौं, चैत २८ : नेपाल प्रहरीका ३ सय ३६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरिएको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार साँझ सो सरुवा गरेको हो।

सरुवा भएकाहरूले २०७८ साल सुरु भएदेखि आफ्नो दरबन्दीअनुसारको तलबभत्ता पाउने सरुवा सुचनामा उल्लेख छ।सरुवासूचीअनुसार बाग्मती प्रदेश दंगा नियन्त्रण प्रहरी गण गुल्म नं. १ हेटौंडामा कार्यरत अच्युत गिरीलाई महानगरीय प्रहरी परिसर काठमाडौंमा सरुवा गरिएको छ।

महानगरीय प्रहरी प्रभाग कपन काठमाडौंमा भगवती तिमिल्सेना सरुवा भएकी छन्। सुरेशराज भट्टलाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा सरुवा गरिएको छ। बलम्बु प्रभागमा गणेशचन्द्र कोइराला र महानगरीय प्रहरी प्रभाग सानेपामा कृष्ण खड्का सरुवा भएका छन्।

त्यस्तै महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा अनु लामा, महानगरीय सशस्त्र प्रहरी गण मुख्यालय महाराजगन्जमा अरुणकुमार भट्टराई, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा अरुण तामाङलाई सरुवा गरिएको छ।   

हेर्नुहोस् सरुवा सूची

प्रकाशित मिति: १६:३३ बजे, शनिबार, चैत २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्