Kathmandu Press

इन्डोनेसियाकाे जाभा टापुमा शक्तिशाली भूकम्प

इन्डोनेसियाकाे जाभा टापुमा शक्तिशाली भूकम्प

काठमाडौं, चैत २८ : इन्डोनेसियामा जाभा टापुमा शनिबार शक्तिशाली भूकम्प गएको छ।

भूगर्भसम्बन्धी अमेरिकी संस्था युएसजिएसको मापनअनुसार ६ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको केन्द्रबिन्दु पूर्वी जाभाको मालाङ सहरबाट ४५ किलो मिटरको दूरीमा रहेको बताइएको छ।

भूकम्पको केन्द्रबिन्दु जमिनको सतहभन्दा करिब ८२ किलोमिटर गरिराइमा रहेको युएसजिएसले जनाएको छ। यस भूकम्पका कारण तत्काल सुनामीको खतरा नरहेको जनाइएको छ।

प्रकाशित मिति: १६:०४ बजे, शनिबार, चैत २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्