Kathmandu Press

ओलीको विकल्प खोज्न ढिलाइ गर्न हुन्न : प्रकाशमान सिंह

काठमाडौं, चैत २८ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नैतिकता नभएका प्रधानमन्त्रीलाई धेरै समय राख्न नहुने बताएका छन्।शनिबार टोखामा आयोजित एक कार्यक्रममा नेता...
ओलीको विकल्प खोज्न ढिलाइ गर्न हुन्न : प्रकाशमान सिंह

काठमाडौं, चैत २८ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नैतिकता नभएका प्रधानमन्त्रीलाई धेरै समय राख्न नहुने बताएका छन्।

शनिबार टोखामा आयोजित एक कार्यक्रममा नेता सिंहले तत्काल केपी शर्मा ओली नेतृत्वको सरकारले नागरिकको विश्वासमाथि घात गरेकाले ओलीको विकल्प खोज्न ढिलाइ गर्न नहुनेमा जोड दिए।

‘प्रधानमन्त्री ओलीले संविधान मिचेर आफू अनैतिक भएको पुष्टि गरिससेको र अन्तर्राष्ट्रिय प्रचलन, संवैधानिक दृष्टिकोणले पनि ओली प्रधानमन्त्री पदका लागि योग्य नभएको उनको भनाइ थियो। ‘अब ओलीको विकल्प तल्काल दिनुपर्छ,’ उनले भने।

सामाजिक, आर्थिकलगायत सम्पूर्ण क्षेत्रको विकासका लागि राजनीति ठिक हुनुपर्ने भन्दै उनले राजनीति गर्ने नेतामा नैतिकता हुनु जरुरी रहेको बताए।

तर ओलीमा भने अलिकति पनि नैतिकता नदेखिएकाले उनलाई उक्त पदमा बसिरहन दिए आफूहरुमाथि पनि नैतिकतामा प्रश्न उठ्न सक्न आशंका व्यक्त गरे। नेता सिंहले ओली सरकारले भ्रष्टाचारीलाई संरक्षण गरिरहेको आरोप लगाए।

उनले कांग्रेसलाई जनताले प्रतिपक्षमा बस्ने अभिमत दिए पनि कम्युनिस्टहरुले देश सञ्चालन गर्न नसकेका कारण सरकार निर्माणका लागि अग्रसरता देखाएको उल्लेख गरे।

प्रकाशित मिति: १५:५५ बजे, शनिबार, चैत २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्