Kathmandu Press

पत्रकार महासंघ अध्यक्षमा विपुल पोख्रेलकाे जित सुनिश्चित

काठमाडौं, चैत २८ : नेपाल पत्रकार महासंघको केन्द्रीय अध्यक्षमा विपुल पोख्रेलले जित्ने सुनिश्चत भएको छ। तर मतपरिणाम भने घोषणा हुन बाँकी छ।पाँच जिल्लाको...
पत्रकार महासंघ अध्यक्षमा विपुल पोख्रेलकाे जित सुनिश्चित

काठमाडौं, चैत २८ : नेपाल पत्रकार महासंघको केन्द्रीय अध्यक्षमा विपुल पोख्रेलले जित्ने सुनिश्चत भएको छ। तर मतपरिणाम भने घोषणा हुन बाँकी छ।

पाँच जिल्लाको बाहेककाे मतपरिणाम आइसकेको छ। बाँकी जिल्लाको नतिजा पनि चाँडै आउने र त्यसपछि आजै (शनिबार नै) नतिजा घोषणा हुने महासंघ स्रोतले जनाएको छ।

बुधबार देशैभर एकसाथ सम्पन्न मतदानको मतगणना आजसम्म जारी छ। मतदानमा सत्तानिकट गठबन्धन र माओवादी-कांग्रेसनिकट लोकतान्त्रिक-व्यवसायिक गठबन्धनको प्यानल चुनावी मैदानमा उत्रिएका थिए ।

माओवादी-कांग्रेसनिकट लोकतान्त्रिक-व्यवसायिक गठबन्धनले अधिकांश पदमा विजय पाउने निश्चित भएपछि महासंघको केन्द्रीय कार्यालयमा खुसी साटासाट भइरहेको छ।

प्रकाशित मिति: १५:३७ बजे, शनिबार, चैत २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्