Kathmandu Press

तस्बिरमा बिस्का जात्रा

बैशाख संक्रान्तिको (खाइसन्हु) को चार दिन अघि तौमढी टोलस्थित भैरब भन्दिरबाट र भद्रकाली टोलस्थित देवघरबाट भैरवनाथ र भद्काली दुबै आ–आफ्नो रथमा बिरजामान हुन्छन् ।
तस्बिरमा बिस्का जात्रा

भक्तपुर, चैत २८ : सांस्कृतिक एवं ऐतिहासिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्का जात्रा पहिलो दिन आज भक्तपुरको तौमढीबाट ‘नकिंजु खः’ (रथ) तानेर जात्रा सुरु भएको छ । स्थानीय बालबालिकाले रथलाई तानेर भक्तपुरकाे भोलाछेँसम्म तानेर लग्दैछन् । 

केही बेरमा भैल खः (भैरवनाथको रथ) पनि तान्‍नको लागि तयारी हुँदै छ । बैशाख संक्रान्तिको (खाइसन्हु) को चार दिन अघि तौमढी टोलस्थित भैरब भन्दिरबाट र भद्रकाली टोलस्थित देवघरबाट भैरवनाथ र भद्काली दुबै आ–आफ्नो रथमा बिरजामान हुन्छन् । रथमा बिराजमान भएपछि माथिल्लो टोल (थःनय्) र तल्लो टोल (क्वः न्य) रथ तान्ने परम्परा रहि आएको छ। 

Hardik ivf

प्रकाशित मिति: १५:०६ बजे, शनिबार, चैत २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्