Kathmandu Press

अविश्वासको प्रस्तावलाई छिट्टै मत पुग्छ र ओलीको सरकार ढल्छ : प्रचण्ड

काठमाडौं, चैत २८ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अविश्वासको प्रस्तावका लागि ठोस रूपमा कतैबाट समर्थन पाउन नसकेको बताएका छन्।उनले २५...
अविश्वासको प्रस्तावलाई छिट्टै मत पुग्छ र ओलीको सरकार ढल्छ : प्रचण्ड

काठमाडौं, चैत २८ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अविश्वासको प्रस्तावका लागि ठोस रूपमा कतैबाट समर्थन पाउन नसकेको बताएका छन्।

उनले २५ प्रतिशतजति मत नपुग्दा प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न ढिलाइ भइरहे पनि मत छिट्टै पुग्ने र ओलीको सरकारलाई विघटनकाे स्थितिमा पुर्याउने विश्वास व्यक्त गरे। उनले कांग्रेसले सरकार ढाल्न तत्परता देखाइसके पनि जसपाले पनि पार्टीमा छलफल गर्न समय मागेकाले नयाँ सरकार गठनका केही दिन पर्खनुपर्ने बताए।

कर्णाली प्रदेश सम्पर्क कमिटीद्वारा शनिबार काठमाडौंमा आयोजित भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै  उनले आफू तत्कालीन नेकपामा हुँदा एमालेका नेताकार्यकर्ताले आफूलाई अर्को मदन भण्डारी भेटियो भनेर उत्साहित हुने गरेको दाबी गर्दै त्यसलाई देख्न नसकेर ओलीले प्रतिगामीहरुसँग मिलेर आफूविरुद्ध जालझेल गरेको आरोप लगाए।

प्राकृतिक ढंगले विभाजित गरिएको पार्टीलाई एकताबद्ध बनाएर लानुपर्नेमा उनले जोड दिए। उनले अदालतले पार्टी विघटन गरिदिए पनि कम्युनिस्ट एकताको झन्डा उठाइराख्नुपर्ने बताए। समाजवाद स्थापनाकका लागि नेपालमा कम्युनिसट एकता आवश्यक रहेको उनको भनाइ थियो।

उनले हिजाेका दिनमा नेकपा निर्माणतिर ध्यान दिँदा आफ्नो समूह, हिजोका लडाकु, संरचनालगायत कुरामा ध्यान दिन नसकेको र त्यसको अनुभूत अहिले भित्रभित्रै भइरहेको पनि बताए।

प्रकाशित मिति: १५:०४ बजे, शनिबार, चैत २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्