Kathmandu Press

म्यानमारमा १९ जनालाई मृत्युदण्डको सजाय सुनाइयाे

म्यानमारमा १९ जनालाई मृत्युदण्डको सजाय सुनाइयाे

काठमाडौं, चैत २८ : म्यानमारमा १९ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ।

सेनाका क्याप्टेनको सहयोगीलाई हत्या गरेको आरोपमा उनीहरूलाई मृत्युदण्डको सजाय दिन लागिएको त्यहाँको सेनाको स्वामित्वमा रहेको म्यावाडी टेलिभिजन जानकारी दिएको हो। 

Hardik ivf

गत मार्च २७ मा यांगुनको उत्तरी ओकालापा जिल्लामा सेनाका क्याप्टेनको सहयोगी मारिएको बताइएको छ। उक्त जिल्लामा फौजी कानुन लागू गर्दै कोर्ट मार्सललाई सजाय सुनाउने अधिकार दिइएको  बताइएको छ।

त्यहाँको सेनाले  जनताले शान्ति चाहेका कारण म्यानमारमा आन्दोलन मत्थर हुँदै गएको र आगामी २ वर्षभित्र ताजा निर्वाचन गरिने जनाएको छ।

म्यनमारमा फेब्रुअरी सुरु भएसँगै जननिर्वाचित सरकारलाई अपदस्थ गरेर सैन्य नेतृत्वले सत्ता हातमा लिएको थियो। त्यसपछि त्यहाँ एकातिर निरन्तर जनप्रदर्शन हुँदै आएको छ भने अर्कातिर प्रदर्शनमाथि सेनाले व्यापक दमन गर्दै आएको छ।

हालसम्म म्यानमारमा आन्दोलन दबाउने क्रममा सुरक्षाकर्मीले ४८ बालबालिकासहित ६१४ जनाको हत्या गरिसकेको र २८ सयभन्दा बढीलाई हिरासतमा राखेको मानवअधिकारवादी संस्थाहरूले बताएका छन्।

सेनाले भने आन्दोलनका २ सय ४८ जनाको मृत्यु भएको र प्रदर्शनका क्रममा स्वचालित हतियार प्रयोग नगरेको दाबी गर्दै आएको छ।
 

प्रकाशित मिति: १४:४६ बजे, शनिबार, चैत २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्