Kathmandu Press

सरकार परिवर्तनको खेल आवश्यक छैन : प्रधानमन्त्री

काठमाडौं, चैत २८ : प्रधानमन्त्री केपी ओलीले देशमा सरकार परिवर्तनको खेल आवश्यक नरहेको बताएका छन्।शनिबार नेपाल उद्योग वाणिज्य महासंघको ५५औं वार्षिक साधारणसभालाई सम्बोधन...
सरकार परिवर्तनको खेल आवश्यक छैन : प्रधानमन्त्री

काठमाडौं, चैत २८ : प्रधानमन्त्री केपी ओलीले देशमा सरकार परिवर्तनको खेल आवश्यक नरहेको बताएका छन्।

शनिबार नेपाल उद्योग वाणिज्य महासंघको ५५औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले अहिलेको सरकारले गरेको विकासलाई नदेख्नेहरूबाट सरकार परिवर्तनको खेल भइरहेको जिकिर गरे। 

आफू नेतृत्वको सरकार आएपछि यता तीन वर्षको अवधिमा विकासका थुप्रै काम भएको दाबी पनि उनले गरे। उनले आफू हिँड्ने बाटो नै नहेरी केही भएको छैन भन्दै कतिपय मानिसहरू सरकार परिवर्तनको खेलमा सक्रिय रहेको आरोप लगाए।
 

प्रकाशित मिति: १४:०७ बजे, शनिबार, चैत २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्