कोरोना संक्रमणबाट बच्न गम्भीर बन्नुहाेस् : प्रधानमन्त्री
काठमाडौं, चैत २८ : प्रधानमन्त्री केपी ओलीले स्वास्थ्य मन्त्रालयको निर्देशन पालना गर्न आग्रह गरेका छन्।शनिबार नेपाल उद्योग वाणिज्य महासंघको ५५औं वार्षिक साधारणसभालाई सम्बोधन...
काठमाडौं, चैत २८ : प्रधानमन्त्री केपी ओलीले स्वास्थ्य मन्त्रालयको निर्देशन पालना गर्न आग्रह गरेका छन्।
शनिबार नेपाल उद्योग वाणिज्य महासंघको ५५औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले जीवन पहिलो प्राथमिकता रहेकाले कोरोना संक्रमणबाट बच्न गम्भीर बन्नुपर्नेमा जोड दिए।
सचेतता नअपनाए मुलुकमा फेरि लकडाउनको स्थिति आउन सक्ने उनको भनाइ थियो। कोरोनालाई नियन्त्रण गर्दै लगे उद्योग चलाउन सक्ने उनले सपष्ट पारे।
कोरोना फैलन नदिन सरकार सुरुदेखि नै सफल भएको उनले जिकिर गरे।
प्रकाशित मिति: १३:५३ बजे, शनिबार, चैत २८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











