Kathmandu Press

कर्णालीमा एमालेका तीन मन्त्रीको राजीनामा स्वीकृत, बाँकी मन्त्रीलाई थप जिम्मेवारी

सुर्खेत, चैत २८ : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले एमालेका तीन मन्त्रीको राजीनामा स्वीकृति गरेका छन्।मन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका प्रकाश ज्वाला, दल...
कर्णालीमा एमालेका तीन मन्त्रीको राजीनामा स्वीकृत, बाँकी मन्त्रीलाई थप जिम्मेवारी

सुर्खेत, चैत २८ : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले एमालेका तीन मन्त्रीको राजीनामा स्वीकृति गरेका छन्।

मन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका प्रकाश ज्वाला, दल रावल र नन्दसिं बुढाको राजीनामा स्वीकृत गरिएकोहो। उनीहरूलेले मंगलबार  राजीनामा बुझाएका थिए। एमालेले कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनीहरूले राजीनामा दिएका थिए।  

राजीनामा स्वकिृत भएपछि रिक्त बनेको स्थानमा तत्काल अर्को मन्त्री नियुक्त नगरी हाल कायम रहेकै मन्त्रीहरुलाई थप जिम्मेवारी दिइएको छ।

जसअनुसार आर्थिक मामिला तथा योजना  र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मेवारी आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीलाई दिइएको छ।

त्यस्तै भौतिक पूर्वाधार विकासमन्त्री र सामाजिक विकासमन्त्रीको जिम्मेवारी भने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीलाई दिइएको छ। 

कार्णाली प्रदेशसभामा एमालेका २०, माओवादी केन्द्रका १२, कांग्रेस ६ र राप्रपाका १ सांसद छन्। माओवादी केन्द्रले सांसद धर्मराज रेग्मीलाई कारबाही गरेका कारण आफ्नो दलमा सांसद संख्या १२ र कर्णाली प्रदेशसभामा ३९ बनेको हो।

प्रकाशित मिति: १३:१० बजे, शनिबार, चैत २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्