Kathmandu Press

ओली सरकार अब धेरै दिन टिक्दैन : प्रचण्ड

काठमाडौं, चैत २८ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी ओलीको सरकार अब धेरै दिन नटिक्ने दाबी गरेका छन्।नेपाल निजामती...
ओली सरकार अब धेरै दिन टिक्दैन : प्रचण्ड

काठमाडौं, चैत २८ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी ओलीको सरकार अब धेरै दिन नटिक्ने दाबी गरेका छन्।

नेपाल निजामती कर्मचारी संगठनको शनिबार काठमाडौं आयोजित चौथो केन्द्रीय परिषद् भेलालाई सम्बोधन गर्दै उनले जनतालाई दुःख नदिइकन नयाँ सरकार गठन गर्ने प्रयासमा आफूहरू रहेको स्पष्ट पारे।

केही दिनमै नयाँ सरकार गठन हुने र संकटको कालो बादल पनि हट्ने विश्वास उनले व्यक्त गरे। अध्यक्ष प्रचण्डले जे आधिकारिक र संवैधानिक हो, त्यो निमोठिएको अनि जबर्जस्ती राज्यसत्ता कब्जा गर्ने अभियान चलाइएको पनि जिकिर गरे।

पार्टीको ७० प्रतिशत संसदीय संख्याले गरेको निर्णय संविधान र ऐन अनुकूल रहे पनि सेटिङमार्फत आधिकारिकलाई सरकारले खारेज गरेको आरोप उनले लगाए।

‘संसदीय दलको बहुमतले हस्ताक्षर गरेर केपी ओलीलाई दलको नेताबाट हटाएको थियौं, संसद सचिवालयमा दर्ता गरिएको थियो। यो वैधानिक थियो,’ उनलेले भने,  ‘तर सरकारले सेटिङमार्फत आधिकारिकलाई खारेज गरिदियो। जे अवैधानिक छ, त्यसैलाई कायम गरिदियो।’

लोकतन्त्रको मूल्यमान्यता न्यूनतम रुपमा पनि नदेखिएको उनको भनाइ थियो। उनले कर्मचारीलाई आतंकमा बाँच्न बाध्य पारिएको पनि उल्लेख गरे। ‘राज्यका सबै अंगमा जबरजस्ती कब्जा जमाउने षड्यन्त्र भएको छ, यो निकै ठूलो बिडम्बना हो,’ प्रचण्डले भने।

प्रकाशित मिति: १२:४७ बजे, शनिबार, चैत २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्