माओवादी केन्द्रको संसदीय दलको नेतामा भरत साह
जनकपुरधाम, चैत २८ : नेकपा माओवादी केन्द्रले प्रदेश २ को संसदीय दलको नेतामा भरत साहलाई चयन गरेको छ ।पार्टी कार्यालयमा बसेको बैठकले दलको नेतामा...
जनकपुरधाम, चैत २८ : नेकपा माओवादी केन्द्रले प्रदेश २ को संसदीय दलको नेतामा भरत साहलाई चयन गरेको छ ।
पार्टी कार्यालयमा बसेको बैठकले दलको नेतामा साहलाई चयन गरेको हो । यस्तै, उपनेतामा जगतप्रसाद यादव, प्रमुख सचेतकमा दिलिप साह, सचेतकमा रुवी कर्णलाई चयन गरिएको छ ।
पार्टीको प्रदेश २ मा ११ जना प्रदेश सभा सदस्य रहेका छन । जसमा चार जना नेकपा एमालेमा गएका छन ।
तत्कालीन नेकपा एमालेसँग एकीकरण हुनुअघि माओवादीको दलको नेतामा रामचन्द्र मण्डल थिए । तर ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि मण्डल ओली समूहमा लागेका थिए ।
संसदीय दलको नेता चयन भएका साहले चार जना प्रदेश सभा सदस्यलाई स्ष्टीकरण सोध्ने निर्णय गरिएको बताए । प्रदेश सभा सदस्यहरु रामचन्द्र मण्डल, ज्वाला साह, मो.समिर ,कुन्दन कुशवाहालाई स्पष्टीकरण सोध्न लागिएको हो । उनीहरु पार्टीमा नफर्किएमा प्रदेश सभा सदस्य खारेज गर्ने बताइएको छ ।
प्रदेशको पाँचौ अधिवेसनको पहिलो बैठक चैत ३० गते बोलाइएको छ ।











