Kathmandu Press

भारतमा एकैदिन झण्डै एक लाखमा कोरोना संक्रमण

काठमाडौं, चैत २८ : कोरोना संक्रमणको दोस्रो लहर सामना गरिरहेको भारतमा एकैदिन झण्डै डेढ लाख कोरोनाका नयाँ संक्रमित भेटिएका छन् ।पछिल्लो २४ घण्टामा एक...
भारतमा एकैदिन झण्डै एक लाखमा कोरोना संक्रमण

काठमाडौं, चैत २८ : कोरोना संक्रमणको दोस्रो लहर सामना गरिरहेको भारतमा एकैदिन झण्डै डेढ लाख कोरोनाका नयाँ संक्रमित भेटिएका छन् ।

पछिल्लो २४ घण्टामा एक लाख ४५ हजार ३८४ जनामा संक्रमण पुष्टि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  २४ घण्टामा ७९४ जनाको मृत्यु भएको छ । 

Hardik ivf

यससँगै भारतमा कुल संक्रमितको संख्या एक करोड ३२ लाख ५ हजार ९२६ पुगेको छ । उनीहरुमध्ये १ करोड १९ लाख ९० हजार ८५९ जना संक्रमणमुक्त भएका छन् ।

हाल भारतमा १० लाख ४६ हजार ६३१ सक्रिय संक्रमित छन्। पछिल्ला केही दिनमा कोरोना संक्रमणबाट भारतमा हालसम्म १ लाख ६८ हजार ४३६ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति: ११:०५ बजे, शनिबार, चैत २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्