पहाडी भूभागमा आंशिक बदली हुने, क्षणिक वर्षाको सम्भावना
काठमाडौं, चैत २८ : शनिबार पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही अरु भू–भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...
काठमाडौं, चैत २८ : शनिबार पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही अरु भू–भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार स्थानीय वायु तथा पश्चिमी वायुको आंशिक प्रभावका कारण पहाडी क्षेत्रको मौसम केही प्रभावित हुने देखिएको हो ।
अहिले प्रदेश १ लगायत देशका पहाडी भू–भागहरूमा आंशिक बदली भएको छ ।
शनिबार दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रको मौसम सफा रहने महाशाखाले जनाएको छ ।
प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा अपरान्हपछि मेघ गर्जन र चट्टयाङ्गसहित क्षणिक वर्षाको सम्भावना छ ।
यस्तै राति पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।
प्रकाशित मिति: १०:३२ बजे, शनिबार, चैत २८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











