Kathmandu Press

आईपीएल : उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बेंगलोर विजयी

काठमाडौं, चैत २८ : इन्डियन प्रिमियर लिग (आईपीएल)को उद्घाटन खेलमा मुम्बई इन्डियनलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंगलोरले पहिलो जित निकालेको छ।गएराति चेन्नईको चिदम्बरम्...
आईपीएल : उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बेंगलोर विजयी

काठमाडौं, चैत २८ : इन्डियन प्रिमियर लिग (आईपीएल)को उद्घाटन खेलमा मुम्बई इन्डियनलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंगलोरले पहिलो जित निकालेको छ।

गएराति चेन्नईको चिदम्बरम् रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले नौ विकेटको क्षतिमा १५९ रन बनाएको थियो। १६० रनको लक्ष्यका साथ मैदान उत्रिएको बैंगलोरले आठ विकेटको क्षतिमा जित हासिल गरेको हो।

बैंगलोरको जितका लागि एबी डेबिलियर्सले ४८ र ग्लेन म्याक्सवेलले ३९ रन बनाए। त्यस्तै, विराटको कोहली ३३ र वासिंटन सुन्दरले १० रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि बनाउन सकेनन्।

मुम्बईका लागि जसप्रित बुमराह र मार्को जानसेनले समान २–२ विकेट लिए। ट्रेन्ट बोल्ट र क्रुणल पाण्ड्याले समान १–१ विकेट लिए।

त्यसअघि मुम्बईका लागि क्रिस लिनले ४९, सूर्यकुमार यादवले ३१ र ईशान किसनले २८ रन बनाएका थिए। बैंगलोरका हर्ष पटेलले पाँच विकेट लिए भने वासिंटन सुन्दर र केलिय ज्यामिसनले एकएक विकेट लिए।

जितसहित बैंगलोरले २ अंक जोडेको छ। आईपीएलमा आज चेन्नई र दिल्ली क्यापिटलबीच खेल हुनेछ।

प्रकाशित मिति: ०७:२५ बजे, शनिबार, चैत २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्