Kathmandu Press

परराष्ट्रमन्त्री ज्ञवाली र एस जयशंकरबीच टेलिफोन वार्ता

काठमाडौं, चैत २७ : परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय समकक्षी एस जयशंकरबीच टोलिफोन वार्ता भएको छ। वार्ताका क्रममा पराष्ट्रमन्त्री ज्ञवालीले नेपालले भारतसँग किनेको...
परराष्ट्रमन्त्री ज्ञवाली र एस जयशंकरबीच टेलिफोन वार्ता

काठमाडौं, चैत २७ : परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय समकक्षी एस जयशंकरबीच टोलिफोन वार्ता भएको छ। वार्ताका क्रममा पराष्ट्रमन्त्री ज्ञवालीले नेपालले भारतसँग किनेको १० लाख डोज कोरोनाको भ्याक्सिन चाँडो उपलब्ध गराइदिन आग्रह गरेको बताइएको छ।

नेपाल सरकारले सेरम इन्ष्टिच्यूटसँग खरिद गरेको १० लाख डोज खोप खरिद गरेको थियो।

कुराकानीमा परराष्ट्रमन्त्री ज्ञवाली र एस जयशंकरबीच कोभिड–१९ को महामारीविरुद्ध लड्ने तथा त्यसलाई परास्त गर्ने निरन्तर सहयोग आदानप्रदान गर्न सहमति भएको छ पनि बताइएको छ।

दु्वै देशका परराष्ट्रमन्त्रीले कोभिड–१९ महामारीविरुद्धको लडाइँमा थप सहयोगको अभिवृद्धि गर्नेसहित खोपको आपूर्तिबारे विचारविमर्श गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्रमन्त्री ज्ञवालीले कोभिड महामारीविरुद्धको नेपालको लडाइँमा १० लाख मात्रा कोभिशिल्ड खोप उपलब्ध गराएकामा भारत सरकारप्रति आभार व्यक्त गरेका थिए । मन्त्री ज्ञवालीले कोभिडको उच्च जोखिममा परेका नेपालीलाई दोस्रो मात्रा खोप लगाउन आवश्यक पर्ने थप खोपको आपूर्तिका निम्ति सहजीकरण गर्न भारतका बाह्य मामिलामन्त्री एस जयशंकरसँग अनुरोध गरेका थिए ।

 

 

प्रकाशित मिति: १९:०३ बजे, शुक्रबार, चैत २७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्