Kathmandu Press

पुनर्नियुक्ति पाएका चार मन्त्रीले लिए शपथ

काठमाडौं, चैत २७ : पुनर्नियुक्ति पाएका चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। नेकपा एकीकरण प्रक्रिया रद्द भएपछि एमालेमा प्रवेश गरेका चार...
पुनर्नियुक्ति पाएका चार मन्त्रीले लिए शपथ

काठमाडौं, चैत २७ : पुनर्नियुक्ति पाएका चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। नेकपा एकीकरण प्रक्रिया रद्द भएपछि एमालेमा प्रवेश गरेका चार मन्त्रीले शुक्रबार साँझ सपथ लिएका हुन्।

ऊर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री टोपबहादुर रायमाझी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, शहरी विकास मन्त्री प्रभु साह र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीलाई शुक्रबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराएकी हुन्।

माओवादी केन्द्रबाट सांसद रहेका उनीहरुलाई माओवादी केन्द्रद्वारा कारबाही गरिएपछि सांसदसँगै मन्त्री पद गुमाएका थिए । तर, माओवादीले कारबाही गरेको २४ घण्टा नबित्दै प्रधानमन्त्री ओली चारैजनालाई पुनः मन्त्री बनाएका थिए।

भट्ट ओली नेतृत्वमा सरकार गठन भएयता निरन्तर मन्त्री छन् भने रायमाझी, साह र चौधरी भने गत पुस १० मा पुनर्गठित मन्त्रिपरिषद सदस्य बनेका थिए। संघीय सांसद नरहेका व्यक्तिलाई प्रधानमन्त्रीले ६ महिनाका लागि मन्त्री बनाउन सक्ने संवैधानिक व्यवस्था छ।

 

प्रकाशित मिति: १८:४२ बजे, शुक्रबार, चैत २७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्