सांसद पद खोसिएका आङ्बुहाङ पुनः मन्त्रीमा नियुक्त
विराटनगर, चैत २७ : माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेपछि सांसद पद खोसिएपछि टंक आङ्बुहाङलाई पुनः मन्त्रीमा नियुक्त गरिएको छ।प्रदेश १ का मुख्यमन्त्री...
विराटनगर, चैत २७ : माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेपछि सांसद पद खोसिएपछि टंक आङ्बुहाङलाई पुनः मन्त्रीमा नियुक्त गरिएको छ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आङ्बुहाङलाई पुनः साबिककै जिम्मेवारी मन्त्रालय सम्हाल्नेगरी मन्त्रीमा नियुक्त गरेका हुन्।
दोस्रोपटक नियुक्ति पाएका उनलाई आज (शुक्रबार) नै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले शुक्रबार नै पद तथा गोपनियताको शपथग्रहण खुवाउने जनाइएको छ।
बिहीबार उनको सांसद पद खारेज भएको थियो। सांसद नभएकालाई ६ महिना मन्त्री बनाउन सक्ने संवैधानिक प्रावधान छ।
प्रकाशित मिति: १७:२६ बजे, शुक्रबार, चैत २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











