Kathmandu Press

बेलायती महारानीका श्रीमान् राजकुमार फिलिपको निधन

बेलायतकी महारानी एलिजाबेथ द्वितीयका श्रीमान् राजकुमार फिलिपको निधन भएको छ। उनी ९९ वर्षका थिए।
बेलायती महारानीका श्रीमान् राजकुमार फिलिपको निधन

लन्डन, चैत २७ : बेलायतकी महारानी एलिजाबेथ द्वितीयका श्रीमान् राजकुमार फिलिपको निधन भएको छ। उनी ९९ वर्षका थिए।

बेलायती राजप्रासाद बकिङघम प्यालेसले विज्ञप्तिमार्फत राजकुमार फिलिपको निधन भएको जानकारी दिएको बीबसीले उल्लेख गरेको छ। ‘यसो भन्दै गर्दा अत्यन्तै दुःख लागेको छ, आफ्ना प्यारा पति फिलिपको निधन भएको महारानीले घोषणा गर्नुभएको छ,’ विज्ञप्तिमा उल्लेख छ।

एलिजाबेथ द्वितीय महारानी बन्नु पाँच वर्षपछि सन् १९४७ मा उनीहरूको विवाह भएको थियो। र, बेलायतको इतिहासमै सबैभन्दा लामो समय देशको नेतृत्व गर्ने दम्पत्ति बनेका थिए। गत मार्चमा एक महिना उपचारपछि राजकुमार फिलिप अस्पतालबाट डिस्चार्ज भएका थिए।

राजकुमार फिलिप र महारानी एलिजाबेथका चार सन्तान, आठ नाति-नातिनी र १० पनाति-पनातिनी छन्।

उनीहरूका पहिलो सन्तान राजकुमार चाल्र्स सन् १९४८ मा जन्मेका थिए। यस्तै, सन् १९५० मा राजकुमारी एन्ने, १९६० मा राजकुमार एन्ड्र्यू र १९६४ मा राजकुमार एडवार्डको जन्म भएको थियो।

राजकुमार फिलिप १० जुन १९२१ मा ग्रिक टापु कोर्फुमा जन्मेका थिए।
 

प्रकाशित मिति: १७:२५ बजे, शुक्रबार, चैत २७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्