Kathmandu Press

बिनानिष्कर्ष टुंगियाे तीन दलको बैठक

काठमाडौं, चैत २७ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेकाे तीन दलको बैठक बिनानिष्कर्ष टुंगिएको छ।आज (शुक्रबार) दिउँसो ३ बजेका लागि सभापति देउवाले...
बिनानिष्कर्ष टुंगियाे तीन दलको बैठक

काठमाडौं, चैत २७ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेकाे तीन दलको बैठक बिनानिष्कर्ष टुंगिएको छ।

आज (शुक्रबार) दिउँसो ३ बजेका लागि सभापति देउवाले तीन दलको बैठक डाकेका थिए । निर्धारित समयभन्दा केही ढिला गरी बैठक आरम्भ भएको थियाे।

बैठकमा कांग्रेस सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रबाट प्रचण्ड, नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा र देव गुरुङ सहभागी भए।

जसपाबाट संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेताहरु राजेन्द्र महतो र अशोक राईले बैठकमा भाग लिएका थिए।

माओवादी केन्द्रका एक नेताले जसपाले पार्टीमा छलफल गर्न केही समय माग गरेपछि अर्को बैठक छिट्टै बस्ने गरी आजकाे बैठक टुंगिएको बताए। 

कांग्रेस केन्द्रीय समिति बैठकले प्रधानमन्त्रीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरिसकेको छ। सोही विषयमा छलफल गर्न र नयाँ सत्ता समीकरणलगायत विषयलाई अघि बढाउन देउवाले तीन दलको बैठक बोलाएका थिए।

प्रकाशित मिति: १६:५९ बजे, शुक्रबार, चैत २७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्