Kathmandu Press

टेक्सासमा बन्दुधारीको आक्रमणमा परी एकको मृत्यु, पाँच घाइते 

वासिङटन डिसी, चैत २७ : अमेरिकाको टेक्सास राज्यमा एक बन्दुकधारीको आक्रमणमा परी एकजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्।टेक्सासको ब्रायन सहरस्थित...
टेक्सासमा बन्दुधारीको आक्रमणमा परी एकको मृत्यु, पाँच घाइते 

वासिङटन डिसी, चैत २७ : अमेरिकाको टेक्सास राज्यमा एक बन्दुकधारीको आक्रमणमा परी एकजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्।

टेक्सासको ब्रायन सहरस्थित दराज बनाउने एउटा कम्पनीमा बिहीबार एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा उक्त घटना भएको हो। घटनाको आरोपमा ग्राइम्स प्रान्तका ल्यारी बोलिनलाई पक्राउ गरिएको ब्रायनका प्रहरी प्रमुख एरिक बुस्केले बताए।

उनले घटनाको अनुसन्धान भइरहेको र आक्रमण के उद्देश्यले गरिएको थियो भन्नेबारे अहिलेसम्म केही खुलिनसकेकाे बताए। 

प्रकाशित मिति: १६:४३ बजे, शुक्रबार, चैत २७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्