Kathmandu Press

काठमाडौं हुँदै साउदी अरबको यात्रा, लैनचौर दूतावासमा भारतीयको भीड (फोटो फिचर)

काठमाडौं, चैत २७ : यतिखेर विश्वका विभिन्न मुलुकसँगै भारत पनि फेरि कोरोना महामारीबाट आक्रान्त बनेको छ। भारतमा संक्रमितको संख्या तीव्र गतिमा बढ्दै गएपछि साउदी...
काठमाडौं हुँदै साउदी अरबको यात्रा, लैनचौर दूतावासमा भारतीयको भीड (फोटो फिचर)

काठमाडौं, चैत २७ : यतिखेर विश्वका विभिन्न मुलुकसँगै भारत पनि फेरि कोरोना महामारीबाट आक्रान्त बनेको छ। भारतमा संक्रमितको संख्या तीव्र गतिमा बढ्दै गएपछि साउदी अरबले फेब्रुअरी पहिलो सातादेखि त्यहाँ हुने सीधा उडानमा रोक लगाएको छ। 

साउदी अरब करिब १५ लाख भारतीयको श्रमबजार हो। सीधा उडानमा रोक लागेसँगै साउदी जान भिसा पाएर तयार भएकाहरू अप्ठ्यारोमा परेका थिए। तर कुनै बाधा अड्चन नहुने भएपछि विकल्पका रूपमा उनीहरूले नेपालको बाटो रोज्ने गरेका छन्। त्यसका लागि उनीहरूले भारतीय दूतावासमा भने कागजी प्रक्रिया पूरा गर्नुपर्छ। त्यही सिलसिलामा शुक्रबार लैनचौरस्थित दूतावासअगाडि भारतीयहरूको भीड नै लागेको छ। 

चाँडो काम पूरा गरेर आफ्नो उडान निश्चित गर्न भन्दै कतिपय भारतीय बिहान २ बजेदेखि नै लाइन लाग्न आइपुगेका थिए। नेपालमा आई १४ दिन होटल क्वारेन्टिनमा बसेको प्रमाण जुटाएर साउदी अरब जान पाइने व्यवस्था रहेको उनीहरूले बताए। अहिले थुप्रै भारतीयहरू नेपाल आई क्वारेन्टिनमा बसिरहेका छन्। यसले एकातिर होटल व्यवसायीमार्फत राज्यलाई आम्दानी भइरहेको छ भने अर्कातिर यसले कोरोना जोखिमलाई झनै बढाउने त्राससमेत सिर्जना भएको छ।

प्रकाशित मिति: १६:२७ बजे, शुक्रबार, चैत २७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्