Kathmandu Press

ओली सरकारको विकल्प दिन कांग्रेसले उदार भई सम्झौता गर्नुपर्छ : पौडेल

काठमाडौं, चैत २७ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निरंकुशतातिर गइरहेको वर्तमान सरकारको विकल्प खोज्नुपर्नेमा जोड दिएका छन्।चुनाव चुनाव मात्रै भनेर सुख...
ओली सरकारको विकल्प दिन कांग्रेसले उदार भई सम्झौता गर्नुपर्छ : पौडेल

काठमाडौं, चैत २७ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निरंकुशतातिर गइरहेको वर्तमान सरकारको विकल्प खोज्नुपर्नेमा जोड दिएका छन्।

चुनाव चुनाव मात्रै भनेर सुख नपाउने उल्लेख गर्दै उनले ओली सरकारको विकल्पका लागि कांग्रेसले उदार भई सम्झौता गर्नुपर्ने आवश्यकता औंल्याए। 

निजामती कर्मचारी युनियनको शुक्रबार काठमाडौंमा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता पौडेलले आज (शुक्रबार) हुने तीन दलको छलफलमा काँग्रेसले उनीहरुसँग मिलेर ओली सरकार बदल्न इमान्दार प्रयत्न गर्नुपर्ने बताए।

‘हामीले एउटा चान्स मिस गरेकै हो । फेरि अर्को सान्स मिस गरियो भने न रुन न हाँस्न पाउँछौं,’ उनले भने, ‘प्रधानमन्त्रीले संसद्को रोस्टम प्रयोग नगरेका बेला प्रतिपक्षले गरे कि गरेनन्, त्यसको पनि इतिहासमा समीक्षा हुनेछ ।’

उनले इमान्दार तरिकाले सत्ताभन्दा व्यवस्थालाई महत्व दिने नीति अख्तियार गरे सत्ता आफैं आउने उनको भनाइ थियो। अहिले सबैले लोकतन्त्र कसरी बचाउने र त्यसका लागि आफूलाई कसरी बचाउने भनेर ध्यान दिनुपर्ने उनले बताए।

प्रकाशित मिति: १५:४० बजे, शुक्रबार, चैत २७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्