ओली नेतृत्वको सरकारलाई हटाउनैपर्छ : गगन थापा
काठमाडौं, चैत २७ : कांग्रेस नेता गगन थापाले केपी ओली नेतृत्वको सरकारलाई हटाउनुपर्नेमा जोड दिएका छन्।परिणाम आफ्नो पक्षमा आए पनि नआए पनि ओली...
काठमाडौं, चैत २७ : कांग्रेस नेता गगन थापाले केपी ओली नेतृत्वको सरकारलाई हटाउनुपर्नेमा जोड दिएका छन्।
परिणाम आफ्नो पक्षमा आए पनि नआए पनि ओली सरकारलाई पदच्युत गर्ने कर्तव्य र धर्म कांग्रेसलगायत अन्य राजनीतिक दलहरूको भएको उनले बताए।
निजामती कर्मचारी युनियनको शुक्रबार काठमाडौंमा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले आगामी जेठ १५ गते ओली सरकारले बजेट ल्याउन पायो भने सिंगो देशले बोक्न नसक्ने भारी नेपालको अर्थतन्त्रलाई बोकाउने दाबी गरे।
उनले अब देशलाई निर्वाचनमै लिएर जानुपर्ने बताए। निर्वाचनमा गएर केपी ओलीलाई दण्डित गर्ने कर्तव्य र धर्म कांग्रेसको भएको उनको भनाइ थियो। ओलीलाई यसकारण पदच्युत गरेर निर्वाचनमा आएका छौं भन्न सक्नुपर्ने थापाको भनाइ छ।
निर्वाचनमा जाँदा योयो गर्छौं भनेर औँला भाँचेर भन्न सक्नुपर्ने नेता थापा बताए । ‘मेरा बाले घ्यु खाएका थिए सुँघसुँघ भनेर हुँदैन,’ उनले भने, ‘१५ सालमा यो गरेका थियौं, ४८ सालमा यो गरेका थियौं भन्ने हो । गरेकैले भन्छ । एजेन्डा पनि लिने हो ।’
उनले आगामी निर्वाचनपछि कांग्रेसले पाँच वर्ष सरकार चलाउने दाबी गरे ।











