न्यायाधीशका लागि सुवेदी अयोग्य रहेको सर्वोच्च बारको ठहर
काठमाडौं, चैत २७ : न्याय परिषदद्वारा फागुन २८ गते सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका नहकुल सुवेदीको योग्यतामाथि प्रश्न उठ्दै आएको छ ।यसैबीच सर्वोच्च...
काठमाडौं, चैत २७ : न्याय परिषदद्वारा फागुन २८ गते सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका नहकुल सुवेदीको योग्यतामाथि प्रश्न उठ्दै आएको छ ।
यसैबीच सर्वोच्च अदालतको बार एसोसिएसनले पनि सुवेदीको योग्यता नपुगेको निष्कर्ष निकालेको छ। यसबारे गम्भीर हुन आग्रह गर्दै संसदीय सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णलाई शुक्रबार ज्ञापनपत्र बुझाएको छ।
बुधबार मात्र सर्वोच्च बारको सल्लाहकार समितिको बैठकले पनि सुवेदीको योग्यता नपुगेको भन्दै सुनुवाइ समितिको ध्यानाकर्षण गराउनुपर्नेमा जोड दिएको थियो ।
सर्वोच्च बारले संविधानको धारा १२९ को उपधारा ५ अनुसार योग्यता नपुगेको र संविधानको मर्म र भावना विपरीत उनको नाम सिफारिस गरिएको दाबी गरेको छ। सर्वोच्च बारका एक सदस्यका अनुसार उच्च अदालतमा उनीभन्दा सिनियर न्यायाधीशहरु योग्यता नपुगेका उनलाई सिफारिस गरेकाले संसदीय समितिले त्यसबारे गम्भीर हुनुपर्छ।
सर्वोच्चको न्यायाधीशका लागि उच्च अदालतका मुख्य न्यायाधीशहरु कुमार चुडालस्गै नहकुल सुवेदीको नाम सिफारिस भएको थियो। अब उनीहरुको संसदीय सुनुवाइ हुने लागेको छ । सुवेदीको योग्यतामाथि प्रश्न उठाउँदै संसदीय सुनुवाइ समितिमा उजुरी पनि परेको छ।
सुवेदीको नियुक्ति सिफारिसविरुद्ध सर्वोच्चमा परेको मुद्दाको फैसला चैत ३० गते फैसला हुँदैछ।











