Kathmandu Press

ओलीकाे सत्ता कब्जा गर्ने प्रयासलाई असफल पारौं : देउवा

काठमाडौं, चैत २७ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले सत्ता कब्जा गर्ने कोसिस गर्दै आए पनि त्यो सफल...
ओलीकाे सत्ता कब्जा गर्ने प्रयासलाई असफल पारौं : देउवा

काठमाडौं, चैत २७ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले सत्ता कब्जा गर्ने कोसिस गर्दै आए पनि त्यो सफल हुन नसक्ने बताएका छन्।

नेपाल निजामती कर्मचारी युनियन संघद्वारा शुक्रबार काठमाडौंमा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सभापति देउवाले अब ओलीलाई हटाउन सबै लाग्नुपर्नेमा जोड दिए। उनले चुनावमा जानुपर्ने स्थिति पनि आउन सक्ने भन्दै सबैलाई तयारी अवस्थामा रहन आग्रह पनि गरे।

‘चुनावमा जानैपर्ने बाध्यता हुन सक्छ,’ उनले भने, ‘जनता मालिक हो। जनताको घरदैलोमा पुगौं।’ जनताको दिल जितेपछि चुनाव जितिने विश्वास उनले व्यक्त गरे।

जनताले भोट नदिएकाले गएको निर्वाचनमा कांग्रेस हार्न बाध्य हुनुपरेको उनले बताए। दुई कम्युनिस्ट पार्टी मिलेकाले जनताको भोट पनि पनि उतै गएको सभापति देउवाले बताए।  अब जनताले बुझिसकेकाले कांग्रेस एकजुट भएर अगाडि बढ्नुपर्ने र अब आउने चुनावमा पार्टीलाई एक नम्बरमा पु¥याउनुपर्ने उनको भनाइ थियो।

प्रकाशित मिति: १३:४९ बजे, शुक्रबार, चैत २७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्