Kathmandu Press

२५ जनाभन्दा बढी भेला हुन रोक लगाऔं : स्वास्थ्य मन्त्रालय

काठमाडौं, चैत २७ : पछिल्लो समय भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै नेपाल पनि जोखिममा पर्दै गएको छ। कोराना संक्रमण नफैलियोस् भनेर सरकारले नागिरकलाई...
२५ जनाभन्दा बढी भेला हुन रोक लगाऔं : स्वास्थ्य मन्त्रालय

काठमाडौं, चैत २७ : पछिल्लो समय भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै नेपाल पनि जोखिममा पर्दै गएको छ। कोराना संक्रमण नफैलियोस् भनेर सरकारले नागिरकलाई सचेत रहन आग्ह गरिरहेको छ।

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाउन सरकारसमक्ष सिफारिस गरेको छ। कोरोना संक्रमणको दोस्रो लहर आएसँगै मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना हुन नसक्ने स्थानमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाउनुपर्ने निष्कर्ष निकालेको जनाइएको छ। 

कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) को शुक्रबार बस्ने बैठकले उक्त विषयमा निर्णय गर्न सक्ने अनुमान गरिएको छ।

प्रकाशित मिति: १२:१६ बजे, शुक्रबार, चैत २७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्