कोरोना खोप थप सर्वसुलभ बनाउन पााकिस्तानका प्रधानमन्त्रीको आग्रह
इस्लामावाद, चैत २७ : पाकिस्तानका प्रधानमन्त्री इमरान खानले डि८ समूहका सदस्य राष्ट्रहरुलाई कोभिड–१९ को खोपलाई थप सर्वसुलभ बनाउन आग्रह गरेका छन्।सो समूहको बिहीबार आयोजित...
इस्लामावाद, चैत २७ : पाकिस्तानका प्रधानमन्त्री इमरान खानले डि८ समूहका सदस्य राष्ट्रहरुलाई कोभिड–१९ को खोपलाई थप सर्वसुलभ बनाउन आग्रह गरेका छन्।
सो समूहको बिहीबार आयोजित भर्चुअल सम्मेलनमा उनले सो आग्रह गरेको बताइएको छ । उनले हाल विश्वका कतिपय देशमा भ्याक्सिन राष्ट्रियता स्थापना गर्न खोजिएको जस्तो देखिएको पनि टिप्पणी गरे।
प्रधानमन्त्री खानले सो भर्चुअल सम्मेलनमा विश्वमा अहिले भ्याक्सिनजस्तो अति आवश्यकताको वस्तुको उपलब्धताको बारेमा अझ बढी कुरा उठाउनुपर्ने अवस्था आएको बताएका थिए ।
उक्त समूहको १० औं सम्मेलनमा पाकिस्तानी प्रधानमन्त्री खानले कोभिड १९ का विरुद्धमा हाल विश्वमा प्रयोगमा आइरहेको खोपको उपलब्धतालाई अझ सरल र विश्वमा अति आवश्यकताको वस्तुका रुपमा सबैले पाउनुपर्ने बताए ।
यस कार्यका लागि डि८ जस्तो समूह र यसका सबै सदस्य देशहरुले भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए। उनले कोभिडका कारणले विश्वको अर्थतन्त्र गम्भीर अप्ठेरो अवस्थामा पुगेकोले त्यसलाई पुनप्राप्तिका लागि पनि यस समूहले भूमिका खेल्नुपर्ने बताए।
त्यसका अतिरिक्त विश्वका कतिपय देशमा यो खोपको उपलब्धता निकै कमजोर भएकोले यस समूहका सदस्यहरुले औषधि जस्तो विषय विश्वका सबै देशका नागरिकले पाउन सकुन भनेर त्यस बारेमा लाग्नुपर्ने धारणा राखे।
डि८ समूहमा बंगलादेश, पाकिस्तान, टर्की, इजिप्ट, इन्डोनेसिया, इरान, मलेसिया र नाइजेरिया सदस्य रहेका छन् । बिहीबार आयोजना गरिएको १०औँ सम्मेलनको आयोजक राष्ट्र बंगलादेश रहेको थियो ।












