स्रोत नखुलेको १६ लाखसहित तीन जना पक्राउ
काठमाडौं, चैत २७ : हुन्डी कारोबारको अभियोगमा तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पर्सागढी नगरपालिकाका ६० वर्षीय जोखन साई फकिर...
काठमाडौं, चैत २७ : हुन्डी कारोबारको अभियोगमा तीन जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पर्सागढी नगरपालिकाका ६० वर्षीय जोखन साई फकिर र तवारख देवान र उमेश शर्मालाई पक्राउ गरेकाे हो ।
ना १२ प ५०७३ नम्बरको मोटरसाइकलमा आइरहेका जोखन र तवारखलाई शंका लागि जाँच गर्दा उनीहरूको साथमा भएको १६ लाख रुपैयाँ फेला पारेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान गर्दा हुण्डीमा उमेश शर्माको समेत संलग्नता देखिएपछि नियन्त्रणमा लिइएको बताइएको छ ।
उनीहरू विरुद्ध बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन अन्तर्गत अनुसन्धान भइरहेको छ।
प्रकाशित मिति: ११:२२ बजे, शुक्रबार, चैत २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











