Kathmandu Press

शैक्षिक संस्था बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

काठमाडौं, चैत २७ : कोरोनाभाइरस संक्रमण थप बढ्न सक्ने भन्दै विद्यालयलगायत भीडभाड हुने क्षेत्र बन्द गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिस गरेको छ। दोस्रो लहरको...
शैक्षिक संस्था बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

काठमाडौं, चैत २७ : कोरोनाभाइरस संक्रमण थप बढ्न सक्ने भन्दै विद्यालयलगायत भीडभाड हुने क्षेत्र बन्द गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिस गरेको छ।

दोस्रो लहरको कोरोनाभाइरस महामारी आएको र यो थप फैलन सक्ने भएकोले सावधानी अपनाउनका लागि विद्यालयलगायत भीडभाड हुने क्षेत्र बन्द गर्न लागिएको मन्त्रालयले जनाएको छ । 

केही महिनादेखि विद्यार्थीको उपस्थितमा विद्यालय र क्याम्पसमा पढाइ हुँदै आएको छ।

विद्यालयलगायत भीडभाड हुने अन्य क्षेत्र सिनेमा हल, रेन्टुरेन्ट, पार्टी प्यालेस बन्द गर्न बुधबार नै निर्णय गरेर सिसिएमसीमा सिफारिस पठाइएको मन्त्रालयको भनाइ छ । 


 

प्रकाशित मिति: १०:४२ बजे, शुक्रबार, चैत २७, २०७७