Kathmandu Press

६३३ जनालाई राष्ट्रपति भण्डारीले विभूषित गर्दै

काठमाडौं, चैत्र २७ : राष्ट्रपति विद्यादेवी भण्डारीले आज ६३३ जनालाई विभिन्न पदकले विभूषित गर्ने कार्यक्रम रहेको छ।उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा रहेको विभूषण समितिको...
६३३ जनालाई राष्ट्रपति भण्डारीले विभूषित गर्दै

काठमाडौं, चैत्र २७ : राष्ट्रपति विद्यादेवी भण्डारीले आज ६३३ जनालाई विभिन्न पदकले विभूषित गर्ने कार्यक्रम रहेको छ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा रहेको विभूषण समितिको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले शितल निवासमा बिहान १० बजेदेखि हुने विभूषण समारोहमा विभिन्न व्यक्तिलाई विभूषित गर्ने कार्यक्रम रहेको छ ।

महाउज्ज्वल राष्ट्रदीप प्रथम श्रेणी‚ सुप्रसिद्ध प्रवल जनसेवाश्री प्रथम श्रेणी, उज्ज्वल कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणीलगायतका पदवी र अलंकार विभिन्न क्षेत्रका व्यक्तिलाई प्रदान गर्न लागिएको हो। त्यस्तै‚ २०७६ भदौ ३१ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार त्यही वर्ष असोज ३ गते संविधान दिवसका अवसरमा सुशोभन गर्ने भनिएकोमा कार्यक्रम स्थगित भएपछि रोकिएका ४५० जनालाई पनि आज पदक वितरण गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ।

उपप्रधानमन्त्री पोखरेलको अध्यक्षमा गृहमन्त्री रामबहादुर थापा, प्रा।डा। मीना वैद्य मल्ल, प्रा.डा.इन्द्रजित राई, हरिहर शर्मा, काशेन्द्रप्रसाद यादव, उपरथी विनोदकुमार श्रेष्ठ र गृह सचिव महेश्वर न्यौपाने सदस्य रहेको विभूषण समितिको बैठकले विभूषित हुने व्यक्तिहरुको नाम तय गरेको हो। विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरुलाई विभिन्न मानपदवीबाट विभूषित गरिँदै आएको छ। 

प्रकाशित मिति: ०८:३० बजे, शुक्रबार, चैत २७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्