Kathmandu Press

युरोपा लिगमा ग्रानडासँगको खेलमा म्यानचेस्टर युनाइटेड विजयी

काठमाडौं, चैत्र २७ : युरोपा लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले ग्रानडालाई २–० गोल अन्तरले पराजित गरेको छ ।गएराति भएको खेलमा विजयी भएसँगै म्यानचेस्टर युनाइटेडले...
युरोपा लिगमा ग्रानडासँगको खेलमा म्यानचेस्टर युनाइटेड विजयी

काठमाडौं, चैत्र २७ : युरोपा लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले ग्रानडालाई २–० गोल अन्तरले पराजित गरेको छ ।

गएराति भएको खेलमा विजयी भएसँगै म्यानचेस्टर युनाइटेडले सेमिफाइनलको यात्रा बलियो बनाएको छ । म्यानचेस्टर युनाइटेडलाई जिताउन रासफोर्डले ३१ औं मिनेटमा र ब्रुनो फर्नान्डेसले ९० औं मिनेटमा १/१ गोल गरेका हुन् ।

खेलको इन्जुरी समयमा फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई २ ० को जित दिलाएका हुन् । जितसँगै युनाइटेडले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

युनाइटेडको मैदानमा हुने दोस्रो लेग अप्रिल १६ मा हुनेछ । यस्तै आर्सनल र स्लाभिया पार्गबीचको खेल एक एक गोलको बराबरीमा रोकिएको छ । 
 

प्रकाशित मिति: ०७:३५ बजे, शुक्रबार, चैत २७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्