Kathmandu Press

भारतमा कोरोना संक्रमण दरमा फेरी नयाँ रेकर्ड 

काठमाडौं, चैत्र २७ : छिमेकी मुलुक भारतमा हालसम्मकै सर्वाधिक कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा मात्र त्यहाँ १ लाख ३१...
भारतमा कोरोना संक्रमण दरमा फेरी नयाँ रेकर्ड 

काठमाडौं, चैत्र २७ : छिमेकी मुलुक भारतमा हालसम्मकै सर्वाधिक कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा मात्र त्यहाँ १ लाख ३१ हजार ८९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

यसअघि विहीबार चैत्र २६ मा भारतमा दोस्रो धेरै १ लाख २६ हजार ३१५ जनामा संक्रमण पुष्टि भएको थियो । पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड ३० लाख ७५ हजार ९५४ पुगेको छ ।

भारतमा १ करोड १९ लाख १० हजार ७४१ जना संक्रमणमुक्त भएका छन् । हाल भारतमा सक्रिय संक्रमितको संख्या ९ लाख ७९ हजार ५१९ छ ।

यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६७ हजार ६९४ पुग्दा पछिल्लो २४ घण्टामा त्यहाँ थप ८०२ जनाले ज्यान गुमाए । 

प्रकाशित मिति: ०७:१९ बजे, शुक्रबार, चैत २७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्