Kathmandu Press

प्राथमिकताभन्दा पहिले खोप लिने मेयर निलम्बित

जर्मनी, चैत २६ : प्राथमिकता समूहमा नभएको भए पनि जनवरीमा कोरोनाभाइरस खोप लगाएको पुष्टि भएपछि जर्मनीका एक मेयरलाई उनको आफ्नै नगर काउन्सिलले निलम्बन...
प्राथमिकताभन्दा पहिले खोप लिने मेयर निलम्बित

जर्मनी, चैत २६ : प्राथमिकता समूहमा नभएको भए पनि जनवरीमा कोरोनाभाइरस खोप लगाएको पुष्टि भएपछि जर्मनीका एक मेयरलाई उनको आफ्नै नगर काउन्सिलले निलम्बन गरेको छ।

जर्मनीको मध्य शहर हेलेको मेयर बनार्ड वाइगान्डलाई अस्थायी रूपमा निलम्बन गर्न नगरका ३४ परिषद् सदस्यहरूले मतदान गरेपछि उनी जिम्मेवारीबाट अनिस्चित कालका लागि निलम्बित भएका हुन्।

Hardik ivf

६४ वर्षीय वार्यगान्डले यसअघि नै जनवरीमा आफूले खोप लिएको स्वीकारेका थिए। उक्त समयमा समुदायका ज्येष्ठ सदस्यहरूलाई खोप दिने क्रममा उनले पनि खोप लगाएका थिए।

अन्य शहरका कर्मचारी र धेरै परिषद् सदस्यहरूले पनि उनीहरूको पालो आउनुभन्दा पहिले खोप लिएका थिए। उनीहरूलाई पनि कारबाही गरिने स्थानीय प्रशासनले जनाएको छ।

निलम्बनमा परेका नगर प्रमुखले आफूले अवैध वा अनैतिक काम नगरेका तर खोपकोे अत्यधिक मात्रा खेर जानबाट जोगाउन आफू लगायत केही व्यक्तिले खोप लगाएको बताएका थिए। “अहिले आएर मेरो निर्णयको आलोचना गर्न सजिलो छ। तर, यो कुनै पनि हिसाबले अवैधानिक थिएन,” उनले भनेका थिए।

 

प्रकाशित मिति: २०:२७ बजे, बिहीबार, चैत २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्