Kathmandu Press

कांग्रेस सभापति देउवाले बोलाए तीन दलको बैठक

काठमाडौं, चैत २६ : नयाँ सरकार गठनका विषयमा छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन दलको बैठक बोलाएका छन्।सभापति देउवाले शुक्रबार दिउसो...
कांग्रेस सभापति देउवाले बोलाए तीन दलको बैठक

काठमाडौं, चैत २६ : नयाँ सरकार गठनका विषयमा छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन दलको बैठक बोलाएका छन्।

सभापति देउवाले शुक्रबार दिउसो ३ बजे तीन दलको बैठक बोलाएको जनाएको छ। उनले बैठकका लागि नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेतालाई बोलाएका छन्।

Hardik ivf

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने निर्णय गरेको थियो। त्यससँगै कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय पनि गरेको थियो। त्यसैअनुरुप सभापति देउवाले तीन दलको बैठक बोलाएको जनाएको छ।

 

प्रकाशित मिति: १८:५१ बजे, बिहीबार, चैत २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्