Kathmandu Press

प्रदेश १ का मन्त्री आङ्बोहाङको सांसद पद खारेज

विराटनगर, चैत २६ : प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बोहाङको पनि प्रदेश सभा सदस्य पद खारेज भएको छ।नेकपा (माओवादी केन्द्र)बाट...
प्रदेश १ का मन्त्री आङ्बोहाङको सांसद पद खारेज

विराटनगर, चैत २६ : प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बोहाङको पनि प्रदेश सभा सदस्य पद खारेज भएको छ।

नेकपा (माओवादी केन्द्र)बाट ताप्लेजुङ को १ (ख) निर्वाचन क्षेत्रबाट निर्वाचित भएका आङ्बोहाङ एमालेमा प्रवेश गरेका थिए। उनले पार्टी परित्याग गरेपछि प्रदेश सभा सदस्य पद खारेज भएको हो।

बिहीबारको प्रदेश सभाको बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले मन्त्री आङ्बोहाङले दल त्याग गरेकाले राजनीतिक दलसम्बन्धी ऐनअनुसार प्रदेशसभा सदस्यबाट हटाउन माओवादी केन्द्रले प्रदेश सभा सचिवालयमा दर्ता गराएको पत्र पढेर सदनमा सुनाएका छन्। सभामुख भण्डारीले प्रदेश सभामा पढेर सुनाएसँगै उनको पद खारेज भएको हो।

सर्वोच्च अदालतको फागुन २३ गतेको आदेशसँगै एमाले र माओवादी केन्द्र ब्युँतिएका थिए। तत्कालीन माओवादी केन्द्रको संसदीय दलका नेता आङ्बोहाङ एमालेमा प्रवेश गरेका थिए।

प्रकाशित मिति: १८:२८ बजे, बिहीबार, चैत २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्