Kathmandu Press

‘राजनीतिभन्दा प्रदूषित हाम्रो सहर’ (फाेटाे फिचर)

अभियन्ताहरू कोही ‘मेरो फोक्सो भ्याकुम क्लिनर भइसक्यो’ भन्दै भ्याकुम क्लिनरसहित प्रदर्शनमा जुटेका थिए भने कोहीचाहिँ ‘स्वच्छ सास फेर्न पाउनु मेरो अधिकार’ भन्ने मास्क लगाएर प्रदर्शनमा उत्रिएका थिए।
‘राजनीतिभन्दा प्रदूषित हाम्रो सहर’ (फाेटाे फिचर)

काठमाडौं, चैत २६ : ‘धारा ३० ले के भन्छ : स्वच्छ वातावरण दे भन्छ’ । ‘धुवाँधुलो साह्रो भो : सास फेर्न गाह्रो भो’ । ‘राजनीतिभन्दा प्रदूषित भयो हाम्रो सहर’ । ‘सरकार ! सास फेर्न दे’ । ‘तिमी चुरोट पिउँछौं र ? पिउँदिनँ किनकि म नेपालमा बस्छु’ ।

यी र यस्तै भावना समेटिएका र सरकारको कमजोरीमाथि व्यंग्य गरिएका प्लेकार्ड बोकेर बिहीबार माइतीघर मण्डलामा भेला भएका वातावरण संरक्षण अभियन्ताहरू भनिरहेका थिए- स्वास्थ्य संकटकाल घोषणा गर।

पछिल्लो दुई सातायता काठमाडौंलगायत देशका विभिन्न सहरमा वायु प्रदूषणको ग्राफ ह्वात्तै बढेको छ। दुःखको कुरा, काठमाडौं संसारकै प्रदूषित सहरका रूपमा विश्वमा चिनिएको छ। वायु प्रदूषणले स्वास्थ्य मापदण्ड नाघिसक्दा पनि सरकार कानमा तेल हालेर बसेको छ। प्रदूषित वातावरण नियन्त्रणको उपाय अपनाउने सन्दर्भमा सरकारले सिन्को नभाँचेपछि आफूहरू प्रदर्शनमा उत्रिन बाध्य भएको ती अभियन्ताहरूले बताए।

उनीहरू कोही ‘मेरो फोक्सो भ्याकुम क्लिनर भइसक्यो’ भन्दै भ्याकुम क्लिनरसहित प्रदर्शनमा सहभागी भएका थिए भने कोहीचाहिँ ‘स्वच्छ सास फेर्न पाउनु मेरो अधिकार’ भन्ने मास्क लगाएर प्रदर्शनमा उत्रिएका थिए। कसैले ‘संकटकाल घोषणा गर’ लेखिएको प्लेकार्डमुनि अक्सिजन मास्क लाएर बिरामी भएको संकेत गर्दै देश नै बिरामी भएको सन्देश दिन खोजिरहेका थिए।

कसैले सडकमै सुतेर कसैले एकोहोरो टोलाएर सरकारले वातावरण स्वच्छताका लागि प्रभावकारी कदम चाल्न नसकेको विषयलाई इंगित गरेको दृश्य चासाेका साथ हेर्नेहरू पनि त्यहाँ थिए।

 

प्रकाशित मिति: १६:५६ बजे, बिहीबार, चैत २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्