Kathmandu Press

त्रिकोणात्मक सिरिजको तालिका सार्वजनिक, पहिलो खेल नेपाल र नेदरल्यान्ड्स

त्रिकोणात्मक सिरिजको तालिका सार्वजनिक, पहिलो खेल नेपाल र नेदरल्यान्ड्स

काठमाडौं, चैत २६ : नेपाल क्रिकेट संघ (क्यान)ले त्रिकोणात्मक टि–२० सिरिजको तालिका सार्वजनिक गरेको छ। क्यानले नेपाल, नेदरल्यान्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक टि–२० सिरिजको तालिका बिहीबार सार्वजनिक गरेको हो।

वैशाख ४ देखि ११ गतेसम्म कीर्तिपुरस्थित टियू मैदानमा हुने सिरिजको उद्घाटन खेल नेपाल र नेदरल्यान्ड्स भिड्न् छन् । यस्तै, नेपालले दोस्रो खेलमा वैशाख ६ गते मलेसियासँग खेल्ने छ भने तेस्रो खेल खेल नेदरल्यान्ड्ससँग वैशाख ७ गते खेल्नेछ । नेपालले लिग चरणको अन्तिम खेल मलेसियासँग वैशाख ९ गते खेल्ने छ।

डबल राउन्ड रोबिन लिगका आधारम हुने प्रतियोगितामा लिगका शीर्ष दुई टिम फाइनल पुग्ने छन् । प्रतियोगिताका खेल टियू मैदानमा १२ः१५ र २ः१५मा सुरु हुने छन् लामोसमयसम्म अन्तर्राष्ट्रिय प्रतियोगिता नभएपछि क्यनले त्रिकोणात्मक सिरिज आयोजना गरेको छ ।

प्रतियोगितका लागि नेपालले मंगलबरबाट बन्द प्रशिक्षण सुरु गरेको छ । बन्द प्रशिक्षणमा २० खेलाडी सहभागी छन्।

यस्तो छ तालिका

वैशाख ४ – नेपाल भर्सेस नेदरल्यान्ड्स
वैशाख ५ – मलेसिया भर्सेस नेदरल्यान्ड्स
वैशाख ६ – नेपाल भर्सेस मलेसिया
वैशाख ७– नेपाल भर्सेस नेदरल्यान्ड्स
वैशाख ८ – मलेसिया भर्सेस नेदरल्यान्ड्स
वैशाख ९ – नेपाल भर्सेस मलेसिया
वैशाख ११ – फाइनल

 

 

 

प्रकाशित मिति: १६:२९ बजे, बिहीबार, चैत २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्