प्रधानमन्त्रीले संसद्लाई सक्रिय बनाउनुपर्छ : सांसद पौडेल
काठमाडौं, चैत २७ : माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले संसद्लाई सक्रिय बनाउन प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरे।बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बाेल्दै नेता...
काठमाडौं, चैत २७ : माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले संसद्लाई सक्रिय बनाउन प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरे।
बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बाेल्दै नेता पौडेलले भने, ‘राजनीतिक दलहरुको समस्या हो भने दलहरुसँगै छलफल गरेर यो सदनलाई जनताका समस्या, राष्ट्रका समस्या अभिव्यक्त हुने थलोका रुपमा सक्रिय बनाउन म अनुरोध गर्छु ।’
विभिन्न पार्टीका नेताहरुको भनाइलाई सम्मानजनक रुपमा ग्रहण गर्दै विकास र समृद्धिको बाटोमा सबैलाई सँगै लिएर जाने संस्कार र संस्कृति निर्माणको आवश्यकता औंल्याउँदै उनले त्यसका लागि प्रधानमन्त्रीले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
केही समयअघि राष्ट्रिपति विद्यादेवी भण्डारीले शीतल निवासमा आह्वान गरेको सर्वदलीय बैठकमा प्रधानमन्त्रीले ताजा जनादेशमा जाने प्रस्ताव गरेको विषयलाई इंगित गर्दै उनले फेरि प्रतिनिधिसभा विघटनको हुन सक्ने आशंका व्यक्त गरे।
एकपटक ब्युँतिएको प्रतिनिधिसभालाई फेरि विघटन गर्न उद्यतले सरकारले बिजनेस नदिएको आरोप उनले लगाए।











