Kathmandu Press

एमाले प्रवेश गरेका चार मन्त्रीको सांसद पद रिक्त

एमाले प्रवेश गरेका माओवादी केन्द्रका चार पूर्वनेताको सांसद पद रिक्त भएको छ।
एमाले प्रवेश गरेका चार मन्त्रीको सांसद पद रिक्त

काठमाडौं, चैत २६ : एमाले प्रवेश गरेका माओवादी केन्द्रका चार पूर्वनेताको सांसद पद रिक्त भएको छ।

सभामुख अग्निप्रसाद सापकोटाले उनीहरूको सांसद पद रिक्त भएको जानकारी सदनलाई दिएका हुन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, सहरी विकास मन्त्री प्रभु साह र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरी सांसद नरहेको जानकारी सभामुख सापकोटाले दिए।

माओवादी केन्द्र परित्याग गरी उनीहरू प्रधानमन्त्री केपी ओली नेतृत्वको एमालेमा केन्द्रीय सदस्य बनेका छन्। माओवादी केन्द्रले उनीहरू आफ्नो दलमा नरहेको सूचना संसद सचिवालयमा दर्ता गराएपछि उनीहरूको सांसद पद रिक्त भएको हो।

प्रकाशित मिति: १५:१६ बजे, बिहीबार, चैत २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्