Kathmandu Press

केन्या बस दुर्घटनामा परी १५ जनाको मृत्यु 

नायरोबी, चैत २६ : पूर्वी अफरिकी राष्ट्र केन्यामा बस दुर्घटना हुँदा १५ को मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।बिबिबार केन्याको...
केन्या बस दुर्घटनामा परी १५ जनाको मृत्यु 

नायरोबी, चैत २६ : पूर्वी अफरिकी राष्ट्र केन्यामा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।

बिबिबार केन्याको समुद्री तटमा रहेको सहर मालिन्डामा दुई यात्रुवाहक बस आपसमा ठोक्किएका थिए। किलिफी प्रान्तका प्रहरि कमिश्नर कुत्स्वा ओलाकाले दुवै सवारी चालकको घटनास्थलमै मृत्यु भएको बताएका छन्।

उनले एक यात्रुवाहक बस समुद्री तटीय सहर मोम्बासाबाट गारिसा जाँदै थियो भने अर्को बस मोम्बासा आउँदै गरेको अवस्थामा मलिन्डी-मोम्बासा राजमार्गमा दुर्घटना भएको बताए। 

दुर्घटनाको साक्षीहरूका अनुसार गारिसातर्फ जाँदै गरेको बसले अर्को गाडीलाई उछिन्ने क्रममा सो घटना भएको बताए। केन्याको राष्ट्रिय यातायात सुरक्षा प्राधिकरणका अनुसार लगभग ३ हजार केन्याली सडक दुर्घटनामा मारिन्छन्। 

प्रकाशित मिति: १५:१२ बजे, बिहीबार, चैत २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्