ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेकाे संख्या ३,४०,७७६ पुग्याे
साओ पाउलो, चैत २६ : ब्राजिलमा गत २४ घण्टामा कोभिड-१९ को सङ्क्रमणका कारण ३ हजार ८ सय २९ जनाको मृत्यु भएपछि यस प्रकोपबाट...
साओ पाउलो, चैत २६ : ब्राजिलमा गत २४ घण्टामा कोभिड-१९ को सङ्क्रमणका कारण ३ हजार ८ सय २९ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ४० हजार ७ सय ७६ जना पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
सोही अवधीमा थप ९२ हजार ६ सय २५ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ। कोरोना भाइरसको सङ्क्रमण शुरु भएबाट ब्राजिलमा हालसम्म १ करोड ३१ लाख ९३ हजार २ सय ५ जना सङ्क्रमित भएका छन्।
हाल ब्राजिलको स्वास्थ्य प्रणालीले कोभिड–१९ को भयानक तनाव खेपिरेहको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको सङ्क्रमण निकै तीव्र बन्दै गएको छ। अस्पतालहरूले बिरामीको चाप थेग्न नसकेपछि उपचारमा समस्या भएको जनाएका छन्।
देशको जनसङ्ख्याको १० प्रतिशतले पहिलो डोजको खोप लगाएका छन्। तर हाल अत्यधिक रुपमा फैलिएको भाइरसको प्रकोपलाई नियन्त्रण गर्नका लागि एकमात्र उपाय कम्तीमा २० दिनसम्म प्रभावकारी लकडाउन भएको विज्ञहरुको दाबी रहेको छ।












